काठमाडौं उपत्यकासहितका क्षेत्रमा हुस्सु

हिमशिखर संवाददाता ८ पुष २०७९, शुक्रबार ०७:२२

नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि आकलन गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

Next Post

चीनमा कोरोना संक्रमण बढेपछि भारतमा त्रास

८ पुष २०७९, शुक्रबार ०७:२२
चीनमा कोभिड संक्रमण बढेपछि छिमकी मुलुक भारतले सावधानी अपनाउन अपिल गरेको छ । भारतीय स्वास्थ्य अधिकारीहरूले सबैलाई बुस्टर डोज लिन पनि आग्रह गरेको छ । भारतले यो वर्षको सुरुवातमा नै मास्कसम्बन्धी नियमहरू फुकुवा गरेको थियो । तर छिमेकी मुलुक चीनमा कोरोनाको संक्रमण वृद्धि भएसँगै भारतीय अधिकारीले नागरिकलाई उच्च सतर्कता अपनाउन […]