काठमाडौंको पुरानो बानेश्वरमा सात वर्षीया छोरीको हत्या गरेपछि बुबाले पनि आत्महत्या गरेका छन्।
रामेछापको खाँडादेवी स्थायी घर भइ हाल बानेश्वरमा फार्मेसी सञ्चालन गर्दै आएका किशोर भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेका हुन्।
छोरीको घाँटी रेटेर हत्यापछि भणरीले पनि पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ।



