किर्डाक नेपालकाे रजत जयन्तीको अबसरमा बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

के .बि अछुत ६ असार २०८१, बिहीबार १०:५२

किर्डाक नेपालकाे रजत जयन्तीको अवसरमा चन्दननाथ नगरपालिकामा रहेकाे कर्णाली माध्यमिक बिद्यालयका बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ। किर्डाक नेपालकाे रजत जयन्तीको अबसर अन्र्तरगत कर्णाली माध्यमिक बिद्यालयका बहिरा बालबालिकालाई विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयाेजक दिपराज रावतले बताउनुभयो ।

उहाँका अनुसार पछाडी परेका र अल्पसंख्यक गरिब तथा जेहेनदार बहिरा बालबालिकालाई कापि, पेन्सिल, ईरेजर, ज्याकेट लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले किर्डाक नेपाल भनृकाे जनताकाे सारथि संस्था भएकाे बताउनुभयो ।

उहाँका अनुसार विकट गाउँ बस्ती शहर सम्म किर्डाक नेपालले हरेक क्षेत्रमा काम गर्दै आएकाे संस्थाले जनताकाे हितमा काम गरिरहेकाे प्रशंसा गर्नुभयाे । किर्डाक नेपालकाे रजत जयन्तीको अबसरमा कर्णाली मा.बि. अनामनगरमा अध्यानरत बहिरा बालबालिकालाईहरूका लागि सानो सहयोगले पनि ठुलो राहत पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो किर्डाक नेपाल शैक्षिक क्षेत्रमा मात्र नभएर बिकास निर्माणमा पनि उतिक्कै सहयाेगी संस्था रहेकाे बताउनुभयाे। बहिरा विबालबालिकाकाे न्युनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा रहेका बहिरा बालबालिकालाई विभिन्न सामाग्री वितरण गरिएकाे किर्डाक नेपाल जुम्लाले जनाएको छ ।

Next Post

सम्बन्धित समाचार