कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्तापल जुम्लामा ब्लड बैंक स्थापना हुने भएकाेछ । अमेरिका नेपाल मेडिकल फाउन्डेसनकाे १ कराेडकाे लगानीमा प्रतिष्ठानमा ब्लड बैंक स्थापना भएको हाे । जुम्लामा कुनै पनि सिकिस्त खालका बिरामी उपचारका लागि प्रतिष्ठानमा आएमा ब्लडकाे समस्य हुनेगरेकाे थियाे । अब अमेरिका नेपाल फाउन्डेसनकाे १ कराेड २३ लाखकाे लागतमा स्थापना हुने ब्लड बैंकले जुम्ला लगाए छिमेकी जिल्लाका लागि सहज हुने कर्णाली स्वास्थ्या बिज्ञान प्रतिष्ठान जुम्लाका भि,सि मंगल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालबाट आमन्त्रित अतिथिको रूपमा अमेरिकाको शिकागो शहरमा आयोजित एएनएमएफको २८औं वार्षिक साधारण सभा बाट प्रतिष्ठानमा आवश्यक रहेकाे ब्लड बैंक स्थापनाकाे पहल भएको बताउनुभयो । उहाँले भन्नुभयो, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको महत्त्वलाई विश्वव्यापी दर्शकसामु उजागर गर्ने अवसर मिलेकाले खुसि ब्यक्त गर्नुभयो । अमेरिका, नेपाल र अन्य देशहरूमा रहेका विज्ञहरूबाट प्राप्त समर्थन, सल्लाह, र सुझावहरू हाम्रो भविष्यको दिशाका लागि अत्यन्त महत्त्वपूर्ण र अनमोल थिए। जसको लागि प्रतिष्ठानले हार्वर्ड लगाएतका युनिभर्सिटीहरु संग सहकार्य गरिराखेको बताउनुभयो । प्रतिष्ठानमा स्थापना हुने ब्लड बैकले राहतहुने बताउनुभयो । उहाँका अनुसार पहिला ब्लड बैककै कारणले गर्दा कतिपय बिरामीकाे उपचारमा समस्य हुने गरेकाे थियाे। अब त्यस्तो समस्याकाे अन्त्य हुने बताउनुभयो ।