“सुशासन कायम गर्न नयाँ प्रविधि आवश्यक छ”: मन्त्री अर्याल

हिमशिखर संवाददाता ५ मंसिर २०७७, शुक्रबार १६:१९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले “सुशासन कायम गर्नका लागि नयाँ प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको बताएकी छन ।

स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्नको लागी प्रविधिको प्रयोग आवश्यक भएकाले मालपोत र नापी कार्यालयको छवि बदल्नका लागि याहाबाट प्रदान गर्ने सेवाहरुलाई प्रविधिमैत्री बनाउदै लगिएको बताएकीछन ।

“नयाँनयाँ प्रविधिको प्रयोगसँगै सेवाग्राहीमैत्री बनाउँदै लगिएकाले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीले सहजै सेवा लिन सक्नुहुनेछ।” देशभर हाल १३१ मालपोत र नापी कार्यालय छन्।

ती कार्यालयलाई नमूनाका रुपमा अगाडि बढाउँदै लैजाने मन्त्री अर्यालले बताइन्। “प्रविधिको प्रयोगका लागि दक्ष जनशक्तिको अभाव हाम्रा लागि चुनौतीका रुपमा रहेको छ”, मन्त्री अर्यालले भनिन्, “जनशक्तिलाई आवश्यक तालीम तथा प्रशिक्षण प्रदान गरी अगाडि बढ्छौँ जसले गर्दा सेवा प्रवाह थप प्रभावकारी हुनेछ।

Next Post

३९ दिन हुदाँ पनि खुलेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ताला

५ मंसिर २०७७, शुक्रबार १६:१९
जुम्ला: कर्णाली  स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे शैक्षिक र प्रशासन फाँटमा ३९ दिनदेखि तालाबन्दी गरिएको छ। तालाबन्दीका कारण कामकाज ठप्प भएको छ भने शैक्षिक कार्यक्रम पनि प्रभावित भएका छन्। प्रतिष्ठानको काठमाडौंस्थित सम्पर्क कार्यालयबाट उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले मुनिराज क्षेत्रीलाई जनस्वास्थ्य संकायको डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका थिए। अनावश्यक रुपमा डिन नियुक्त […]