ठाकुरज्युकाे प्रर्यटन लाई सहज बनाउन सडक शिलान्यास

के .बि अछुत २० जेष्ठ २०८१, आईतवार १२:५१

जुम्ला । जुम्लाको धार्मिक पर्यटकिय गन्तव्य ठाकुरज्युको प्रर्बद्धनका लागि गुठिचौर गाउँपालिकाले सडक निर्माणका लागि सडक शिलान्यास गरेकाे छ । पर्यटकीय स्थान ठाकुरज्यु सम्म पुग्नकाे लागि सहज बाटो नहुँदा आउजाउमा सास्ती खेप्दै आएका आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुर जाने सडक पूर्वाधार निर्माणलाई जाेड दिइएकाे गुठिचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार

ठाकुरज्युको प्रर्बद्धन र गुठिचौरका स्थानीयलाई त्यहाँसम्म पुग्न सहज होस भन्नका लागि सडक निर्माण कार्यको थालनी गरिएको बुढाले बताउनुभयाे । यहाँले भन्नुभयो, पर्यटन क्षेत्र आर्थिक समृद्धी रोजगारी सृजनाका मुख्य आधार भएकाले सडक निर्माण लाई प्रथामिकतामा राखिएकाे बताउनुभयो । अध्यक्ष बुढाका अनुसार गुठिचाैर गाउँपालिकाले आफ्नाे क्षेत्रमा रहेका ठाकुरज्यु लगायतका क्षेत्रको प्रर्बद्धनमा लगानी बढाउने बताउनुभयो ।

गुठिचौरको लाग्न हुदैँ ठाकुरज्यु जोड्ने सडकको गत साता मात्र पालिका अध्यक्ष दान बुढा र उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारीले) संयुक्त शिलान्यास समेत गर्नुभएको थियाे । कामको गुणस्तर,समयमै काम सक्नका लागि नियमित अनुगमन तथा निरिक्षणको कामलाई जोड दिईने उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारीले) बताउनुभयो भयाे । उहाँका अनुसार संघ प्रदेशसंग गुठिचौरको पर्यटन प्रर्बद्धनका लागि बजेट माग गरिने बताउनुभयो ।

यस्तै गुठिचाैर गाउँपालिकाका प्रमुख प्रशासकीय ध्रुर्वराज गिरीका अनुसार गुठिचौरको लाग्ना हुदैँ ठाकुरज्यु जोड्ने सडक कुल २८ लाख ४० हजार ४ सय ७७ रुपैया लगानीमा निर्माण हुन लागृकाे बताउनुभयाे । उहाँका अनुसार उक्त सडक निर्माणपछि ठाकुरज्यु प्रर्बद्धनमा थप सहयाेग हुने बताउनुभयो ।

यस्तै गुठिचौरका प्राविधिक शाखा प्रमुख मीन बहादुर भण्डारीले सडक निर्माणको ठेक्का (के एण्ड पी निर्माण सेवा त्रिपुरासुन्दरी ७ डोल्पा)ले लिएर काम संचालन गरिरहेकाे बताउनुभयो । उहाँका अनुसार कुल १ करोडको ठेक्का आह्वान भएपनि घटाउमा निर्माण व्यवसायीसंग २८ लाख ४० हजार ६ सय ७७ रुपैयामा ठेक्का सम्झौता भएको बताउनुभयाे । उहाँले भन्नुभयो, लाग्ना देखि ठाकुरज्यु सम्म पहिलोचरणमा ३ हजार ५ सय मिटर निर्माण हुने भएको बताउनुभयो । पहिलो वर्ष ट्रयाक खोल्ने र आगामी वर्षमा स्तरबृद्धि गरेर ठाकुरज्यु सम्मको यात्रालाई सहज बनाउने पालिकाको लक्ष्य रहेको भण्डारीले उल्लेख गर्नुभयाे ।

 

Next Post

किसानलाई आयआर्जनमा जाेड्न भेडा वितरण

२० जेष्ठ २०८१, आईतवार १२:५१
कनकासुन्दरी गाउँपालिकाले वडा नम्बर ७ का भेडा पालक किसानलाई भेडा वितरण गरेकाे छ । कनकासुन्दरी गाउँपालिकाकाे पशुपंछी शाखाकाे आर्थिक वर्ष २०८०/८१ काे बजेट बाट वडा नम्बर ७ का भेडा १८ जना किसानलाई वितरण गरिएकाे कनकासुन्दरी गाउँपालिका पशुपंछी बिकास शाखाका प्रमुख लाल बहादुर रावतले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशकाे आर्थिक […]