नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित

हिमशिखर संवाददाता १६ श्रावण २०७८, शनिबार १८:२८

काठमाडौँ –नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको हो । एमाले उपाध्यक्ष वामदेव गौतमले भने विघटित कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नका लागि समय माग गरेपछि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

भोलि ३ बजेसम्म विवादको निचोड निकाल्ने गरी प्रयास हुने गौतमले बताउनुभयो ।

Next Post

चन्दननाथमा प्रमुख उपप्रमुख विच कुनै विवाद छैन: मेयर सेजुवाल

१६ श्रावण २०७८, शनिबार १८:२८
जुम्लाको चन्ददनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले आफू र प्रमुख उपप्रमुख बीच कुनै विवाद नभएको स्पष्ट पारेकी छिन् । आज विहान पत्रकार भेटघाटका क्रममा नगरप्रमुख सेजुवालले प्रमुख-उपप्रमुखकाे आ आफ्नै जिम्मेवारी भएकोले विवाद गर्नु पर्ने कुनै कारण नभएको आफुहरू बिच कुनै विवाद नभएकाे बताइन । नगरपालिका संस्कार र सभ्यता देखाउने् ठाउँ हो […]