महिना दिनदेखि बेपत्ता ट्याक्टर चालक अझै भेटिएनन्

हिमशिखर संवाददाता १६ कार्तिक २०७७, आईतवार २०:०८

जुम्ला: चन्दननाथ नगरपालिका -९ बयलकाटियाका ट्रयाक्टर चालक धन गिरीको अवस्था महिना दिनदेखि अज्ञात रहेको छ। गुठीचौर गाउँपालिका ५ का ४ जना युवाहरुको हातपात र ढुङ्गामुडा गरि असोज महिनाको १५ गते वेपत्ता पारेको गिरीका दाई भैरे गिरीले बताए।

गएको असोज १५ गते लु ३ त ९६२२ नम्बरको ट्रयाक्टरमा सिरया र सिमेन्ट मणिसाघु पुगाएर फर्किने क्रममा जवरजस्ती चढेका गुठीचौर गाउँपालिका ५ बस्ने विमल महत, भोटे नामले बोलाइने दन्द बहादुर भण्डारी, सागर गिरी र विनोद गिरीले लामाकार भन्ने स्थानमा साढे ९ बजेतिर हातपात तथा ढुङ्गामुडा गरेको हुनाले चालकको अवस्था हालसम्म अज्ञात रहेको उनका दाइले बताए।

‘हामीलाई कि लास, कि सास उपलब्ध गराइदिनु पर्‍याे। सह चालक दान बहादुर रावतलाई घटनाको सहि सूचना दिन छलकपट गर्न लगाउनु र ट्रयाक्टर मालिक रेणु शाहीले आफ्नो ट्रयाक्टर चालकको हालसम्म खोजी कार्यमा चासो नदेखाउनुले घटना रहस्यमय बन्दै गएको छ,’ उनकाे परिवारले भन्याे।

सँगै रहेका सहचालकको अवस्था सबैले देख्ने गरी मालिकको सम्पर्कमा रहनु र चालकको अवस्था अज्ञात हुनुले घटनामा रहस्य लुकेको वेपत्ता गिरीका आफन्त तुलराज गिरीले बताए।

‘महिना दिन भइसक्दा पनि चालक सम्पर्कमा नआएको हुनाले जीवित भेटाउने आशा मरि सकेको छ,’ उनले भने, ‘के कति कारणले चालककाे अवस्था ज्ञात हुन सकेन प्रहरीले पत्ता लगाइदिनु पर्‍याे।’

बेपत्ता चालक आफन्त कसैको पनि सम्पर्कमा नरहेको उहाँले उनले थपे। ‘घटनाको विषयम सहचालकलाई सबै जानकारी छ। सरोकारवाला निकायको ध्यान बैलेमा नपुगेपछि उत्पन्न हुने क्षतिको सबै जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्छ,’ उनले भने।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी उजुरी दर्ता गरेका छन्।

यता प्रहरीले भने ५ जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेकाे छ। डिएसपी माधव काफ्लेका अनुसार नियन्त्रणमा लिएकाहरुलाई सोधपुच्छ गर्दा हातपात गरेको भनी हालसम्म स्वीकारेकाे भएपनि अदालतमा गएर बयान बदल्न सक्ने बताए।

‘बेपत्ता गिरीका आफन्तले दिएको जाहेरीका आधारमा मुद्दा अघि बढेको छ। घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे छ,’ उनले भने, ‘तथापि बेपत्ता गिरीको वास्तविक अवस्थाका जानकारी हुन सकेकाे छैन।’

Next Post

बादललाई प्रचण्डको आग्रहः अब केपीजीसँग नसकिने भइयो, हामीलाई तपाईंको पनि सहयोग चाहियो

१६ कार्तिक २०७७, आईतवार २०:०८
प्रचण्ड: अब केपीजीसँग नसकिने भइयो, हामीलाई तपाईंको पनि सहयोग चाहियो, यसरी अब सधैँ चल्न सकिँदैन, त्यसैले तपाईंले हामीलाई साथ दिएर ओलीजीलाई बिदा गर्ने वातावरण बनाउनुपर्‍यो। बादल: यसरी विवाद र झगडा झिकेर अघि बढ्दा समस्या हुन्छ, जे समस्या छन्, तिनलाई पार्टी बैठकमा राखेर अघि बढौं। काठमाडौं :प्रधानमन्त्री के.पी ओली विरुद्धमा संसदमा […]

सम्बन्धित समाचार