बादललाई प्रचण्डको आग्रहः अब केपीजीसँग नसकिने भइयो, हामीलाई तपाईंको पनि सहयोग चाहियो

पार्टीमा समस्या भए सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा छलफल गरौ: बादल

हिमशिखर संवाददाता १६ कार्तिक २०७७, आईतवार २२:२९

प्रचण्ड: अब केपीजीसँग नसकिने भइयो, हामीलाई तपाईंको पनि सहयोग चाहियो, यसरी अब सधैँ चल्न सकिँदैन, त्यसैले तपाईंले हामीलाई साथ दिएर ओलीजीलाई बिदा गर्ने वातावरण बनाउनुपर्‍यो।

बादल: यसरी विवाद र झगडा झिकेर अघि बढ्दा समस्या हुन्छ, जे समस्या छन्, तिनलाई पार्टी बैठकमा राखेर अघि बढौं।

काठमाडौं :प्रधानमन्त्री के.पी ओली विरुद्धमा संसदमा अविश्वासको मत लिएर जाने तयारीलाई गृहमन्त्री रामबहादुर थापा बादलले अस्वीकार गरेका छन्। आइतवार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको एउटा बैठकमा गृहमन्त्री बादलले पार्टीमा समस्या भए सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेकर छलपल गर्नुपर्नेबताउदै घुमाृरो पाराबाट प्रचण्डको प्रस्तावलाई अस्वीकार गरेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएपछि बादल आइतवार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए। उनी प्रचण्ड निवास पुग्दा पहिले नै नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ बसिरहेका थिए।

बादल खुमलटार पुगेपछि उनीसँग अध्यक्ष दाहाल र प्रवक्ता श्रेष्ठले संवाद गरेका थिए। श्रोतका अनुसार अध्यक्ष दाहालले ओलीले एकलौटी गरेको भन्दै सुरुमै बादलसँग सहयोग मागेका थिए।

अब केपीजीसँग नसकिने भइयो, हामीलाई तपाईंको पनि सहयोग चाहियो, प्रचण्डले बादलसँग गरेको सम्वाद उद्धृत गर्दै श्रोतले भन्यो, यसरी अब सधैँ चल्न सकिँदैन, त्यसैले तपाईंले हामीलाई साथ दिएर ओलीजीलाई बिदा गर्ने वातावरण बनाउनुपर्‍यो।

प्रचण्डले त्यस क्रममा पार्टीका २५ प्रतिशत सांसदको हस्ताक्षर हुने बताउँदै त्यसमा बादलले पनि हस्ताक्षर गर्नुपर्ने मत राखेका थिए। बादलले प्रचण्डको कुरा सुनिसकेपछि पार्टीमा समस्या भए सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाक्न भनेका थिए।

प्रचण्डले सहयोग चाहियो भनेपछि उहाँले स्थायी कमिटी वा सचिवालयमा जानुपर्छ भन्‍ने राय राख्‍नु भयोु, उनीनिकट श्रोत भन्छ, यसरी विवाद र झगडा झिकेर अघि बढ्दा समस्या हुन्छ, जे समस्या छन्, तिनलाई पार्टी बैठकमा राखेर अघि बढौं।

प्रचण्डको कुरामा सहमति जनाउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अब यसरी नै जान नसकिने भएकाले सहयोग गर्न बादलसँग आग्रह गरेका थिए।

तर बादलले दुवै नेताहरुलाई जवाफ दिँदै यो समस्या पार्टी बैठक बाहिरबाट समाधान हुन नसक्ने राय राखेका थिए। के कारणले यो कुरा आयो यसको समाधान पार्टी बैठकबाट गरिनुपर्छ थापाले जवाफमा भनेका थिए, शनिबार तपाईं (प्रचण्ड) र प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन सहमति गर्नु भएको थियो। फेरि एकै दिनमा कसरी यस्तो गम्भीर कुरा आयो ?

Next Post

बेलायतमा दोस्रो चरणको लकडाउनको घोषणा

१६ कार्तिक २०७७, आईतवार २२:२९
बेलायतमा दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले बेलायतमा दोस्रो चरणको लकडाउन घोषणा गरेकाछन। उनका अनुसार आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति(आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ । तर स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न […]