जुम्लाबाट संघमा गठबन्धनका उम्मेदवार मनऋषि धिताल

महेश चाैलागाँई २२ आश्विन २०७९, शनिबार १५:४९

जुम्लाबाट गठबन्धनका उम्मेदवार मनऋषि धिताल सिफारिस भएका छन्।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पाउने भएपछि अन्तिम समयमा उनले टिकट पाएकाे पार्टी स्राेतले जनाएकाे छ।

काँग्रेस, माओवादी र समाजवादी पार्टीको संगठनिक उपस्थिति बलियाे भएकाे जुम्लाबाट धिताल उम्मेदवार बन्ने भएका छन्।

चर्चित पत्रिका जनादेश साप्ताहिकका तत्कालीन सम्पादक कृष्णसेन इच्छुकलाई सेनाल बेपत्ता पारेपछि धिताल सम्पादक भएका थिए।

युद्धमा माओवादीकाे विभिन्न माेर्चामा सक्रिय उनी सालिन नेतामा गनिन्छन्।

सिंजा गाउँपालिका -३ धितालिहीमा जन्मेका उनी लामाे समय जनयुद्धमा सरिक थिए।

Next Post

जुम्लामा पहिरोमा पुरिएर सातजनाको मृत्यु दुईजना बेपत्ता

२२ आश्विन २०७९, शनिबार १५:४९
जुम्लामा पहिरोमा परी सातजनाको मृत्यु भएको छ। पहिरोका कारण कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेशकी २२ वर्षीया श्रीमती […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।