एमाले उपाध्यक्ष भिम रावलद्वारा संसद पद बाट राजिनामा

हिमशिखर संवाददाता ३ श्रावण २०७८, आईतवार १७:३२

नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादबीच आइतबार अपरान्ह उनले राजीनामाको घोषणा गरेका हुन्।

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका हुन्।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

Next Post

प्रेम आले सहित फ्लाेर क्रस गर्ने सांसदहरू

३ श्रावण २०७८, आईतवार १७:३२
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षका  सांसदले  समेत फ्लोर क्रस गरेका छन् । ओली पक्षका प्रेम आलेसहितका सांसदले फ्लोर क्रस गरेका हुन् । जसमा आलेसहित धनबहादुर बुढा, किसन श्रेष्ठ,  हिरा केसी, पार्वती विसंखे, कलिला खातुन,  विनादेवी बुढाथोकी र समिमा हुसेन रहेका छन् । नेपाल पक्षीय सांसद […]