बर्दिया प्रहरीले पाँच रुपैया जरिवाना नतिरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयका क्रममा ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले उनीहरुलाई बढैयातालबाट पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको २०६९ साल पुष २६ गतेको जालसाजी मुद्धाको फैसलाअनुसार तोकिएको ५ रुपैया जरिवाना नतिरि फरार रहेका दुईजनालाई पक्राउ गरी बर्दिया जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । अदालतको फैसला आदेशअनुसारको थोरै जरिवाना रकमसमेत नतिरी फरार रहेकालाई अदालतमा बुझाएको उनले जानकारी दिए ।