प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

हिमशिखर संवाददाता २५ बैशाख २०७८, शनिबार १८:२९

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बुझिएको छ। त्यस्तै कोभिड १९ रोकथाम नियन्त्रण लगायतका विषय र समसामयिक विषयमा बैठकमा छलफल हुनेछ।

समान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ। तर विशेष निर्णय लिनुपर्दा जुनसुकै दिन पनि बैठक बोलाउने गरिएको छ।

पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस् निर्णय गर्न सक्ने अनुमान गरिएको छ।

आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् भने आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन्।

Next Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

२५ बैशाख २०७८, शनिबार १८:२९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।