जुम्लाको कृष्ण मन्दीर अगाडी विविध कार्यक्रम आयोजना गरी १७ औं गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशक देखि यो दिवस मनाइएको हो । गणतन्त्र दिवश मुल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्याको प्रमुख आतिथ्यमा जुम्लाको कृष्ण मन्दीर अगाडी गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रुपमा मनाइएको हो ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
सोही दिवसका उपलक्ष्यमा कार्यक्रममा सहभागि बिभिन्न निकायाका प्रतिनिधि राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । दिवशका अवसरमा शुभकामना दिर्दै गणतन्त्र मुल समारोहका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचायाले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिद प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
उहाँले भन्नुभयो, विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको दिनलाई हामीले हामीले नेपालीको खुसिका दिनका रुपमा मनाउने गरेको बताउनुभयो । प्रमुख आचार्याका अनुसार यो दिवशमा जुम्लामा रहेका राष्ट्रसेवक कर्मचारीको मात्र बाक्लो उपस्थित भएको देख्दा कता कता गणतन्त्र हराउन लागेको महशुस भएको बताउनुभयो ।
गणतन्त्र जनताको रगत, पनिाले आएको गणतन्त्र हो । दुई चार जनाको भेलामा यस्तो दिवश मनाइन्छ भन्ने गणतन्त्रको अर्थ नभएको बताउनुभयो । उहाँका अनुसार जनताको छोरा राजा बन्न पाउनु पर्छ, दुई चार लाखको लागि सिंह दरवार धाउनु पर्ने अबस्थालाई अन्त गर्नको लागि जनताले आफ्नो ज्यान बलिदान दिएर ल्याएको गणतन्त्र लाई हामीले सजिलै बिर्सन थालेकाले दुःख लागेको बताउनुभयो ।
यस्तै चन्दननाथ नगरपालिका जुम्लाका नगर प्रमुख राजुसिंह कठायतले गणतन्त्र स्थापनामा बलिदान दिन अज्ञात सहितहरु प्रति भावपुर्ण श्रदाञ्जली अर्पण गर्नुभयो । उहाँले भन्नुभयो, गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जनताद्धारा जनताका हक अधिकार सुनिश्चित गर्नको लागि स्थापना भएको गणतन्त्रले जनताको अधिकार स्थापित गरेको बताउनुभयो । हामीले गणतन्त्रको स्वागत गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार गणतन्त्र जनतामुखि भएकाले यसको हामीले दिवशका रुपमा मात्र नभएर आत्म साथ गरि दिवश भब्य बनाउनु पर्ने बताउनुभयो । १७ औँ गणतन्त्र दिवशका अबसरमा १४,१५ र १६ गते ३ दिन विविध कार्यक्रम दिवश मनाइएको छ ।
पहिलो दिन १४ जिल्ला प्रशासन कार्यालयमा बृक्षरोपण, साँझ दिप प्रज्वलन, आज १५ गते प्रभातफेरि कार्यक्रम र भोलि १६ गते जुम्लाको जुगाडखोलाको सरसफाई गरिनुका साथै सडक नाटक प्रर्दशन गरेर गणतन्त्र दिवशलाई भब्य बनाउने गणतन्त्र दिवश मुल समारोह समितिले जनाएको छ ।