अर्थमन्त्री खतिवडा राजिनामा दिदै

हिमशिखर संवाददाता १९ भाद्र २०७७, शुक्रबार २०:०६

अर्थमन्त्री डा.युवराज खतिवडाले आज राजीनामा दिने भएका छन । आज बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने जानकारी गराएका हुन । आजको बैठकमा अर्थमन्त्री डा। खतिवडाले

अर्थमन्त्रीको रूपमा आफूले गरेको साढे दुई वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले कोरोना संक्रमणका वेला पनि सरकारको ढुकुटी बढाएको र विकास निर्माणको काम सन्तोषजनक ढंगले अघि बढेको बताएका थिए ।

उनले बैठकमा आफ्नो कार्यकाल सफल भएको प्रस्तुति दिएका थिए । संक्रमणका वेला पनि मुलुकको अर्थतन्त्र राम्रो रहेको उनले बताएको सहभागी एक मन्त्रीले बताए ।

Next Post

जुम्लाका प्र.जि.अ थापा कोरोना संक्रमित

१९ भाद्र २०७७, शुक्रबार २०:०६
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमित भएका छन ।बिहीबार प्र.जि.अ थापाले सासमजिक सञ्जाल फेसवुक मार्फत आफु कोरोना संक्रमित भएको सार्वजनिक गरेका छन । जनताको जिवनको सुरक्षा गर्ने क्रममा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दारी बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्वमा अहोरात्र खटिदा आफु पनि कोरोनावाट संक्रमित हुन पुगेको र […]