जुम्लाः आज देखि जुम्ला बजार खुल्ने भएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा द्धारा जारी आदेसमा असोज १ गते देखि निषेधाज्ञा हटाउने उल्लेख छ। जिल्लामा कोरोना संक्रमणको दरमा कमी आएको एवं आर्थिक गतिविधि चलायमान गर्न बजार सुचारू गर्नुपर्ने भनी जुम्ला जिल्ला स्थित उद्योग वाणिज्य संघ, नागरिक समाज तथा आम जनसमुदाय समेतको अनुरोधलाई बिचार गरी नागरिकका दैनीक गतिविधिलाई सहज बनाउन मिति २०७७ असोज १ गते निषेधाज्ञा हटाइएको कुरा प्रजिअ थापा द्धारा जारी आदेशमा उल्लेख छ । निषेधाज्ञा हटाएपनी जनस्वास्थका मापदण्ड भने पुर्ण रुपमा पालना गर्नु पर्ने छ नेपाल सरकारले निषेध गरेका सैलून, जिम, व्यूटीपार्लर, सिनेमा हल, समूहमा खेलिने खेलकुद, शैक्षिक संस्थाहरू, सबै प्रकारका सभा गोष्ठी तालिम सेमिनार, सबै प्रकारका प्रदर्शन र सभा भेला गर्न नपाइने र यदी कसैले गरेको खण्डमा संक्रामक रोगा ऐन २०२०, स्थानिय प्रसासन ऐन २०२८ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने कुरा पनि उक्त आदेशमा उल्लेख छ ।
यही असोज ४ गतेबाट चन्दननाथ नगरपालीका जुम्लाले नगरभित्रका शैक्षिक संस्था खुला गर्ने तयारी गरीरहेको बेला प्रजिअ थापाको आदेसले अन्यौल सृजना गरेको छ ।
यही बिषयमा प्रश्ट पार्न हिमशिखर अनलाइनले प्रजिअ थापासंग टेलिफोन सम्पर्क गरेको थियो । हिमशिखार अनलाइनसंग कुरा गर्दै प्रजिअ थापाले यही भदौ २९ गते बसेको नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयको प्रतिलिपी आफुकहा भर्खर आएको र उक्त निर्णमा शैक्षिक संस्था हरु अर्को सुचना नभए सम्मका लागी नखुलाउने र बैकल्पीक उपाय अपनाउन सकिने कुरा उल्लेख छ । त्यही निर्णको अधिनमा रही आदेश जारी गरेको प्रजिअ थापाले बताएछन । जिल्ला भित्रका अरु स्थानिय तहहरुले पनि विद्यालय सञ्चलन गर्ने विषयमा प्रसासन संग आवश्यक समन्वय गरेको र प्रससासनले भने अहिले हतार नगर्न भनेको प्रजिअ थापाले उल्लेख गरे । चन्दननाथ नगरपालीकाले शैक्षिक सस्था खुलाउने तयारी गरेपनि प्रससासनले अनुमती नदिएको र कोभिड रोगथाम तथा नियन्त्रण समन्वय समितमा छलफल नभएको ले अहिले शैक्षिक सस्थाहरु नखुल्ने प्रजिअ थापाले बताएका छन ।
यता चन्दनथान नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत खडानन्द चौलागाइले नगरपालीकाले शैक्षिक सस्था खुलाउने तयारी गरिरहेको बेला प्रसासनको सुचना आएकोले प्रसासनसंग आवश्यक सल्लह गरेर अगाडी बढ्ने बताएका छन ।