स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै शिखर इन्स्योरेन्स जुम्ला शाखामा दोस्रो पटक तालाबन्दी

महेश चाैलागाँई ३१ आश्विन २०८२, शुक्रबार ११:१६

स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीको जुम्ला शाखामा दोस्रो पटक तालाबन्दी गरेका छन्।
बिमा रकम भुक्तानीमा कम्पनीले बेइमानी गरेको आरोप लगाउँदै किसानहरूले शुक्रबार बिहान शाखा कार्यालयमा तालाबन्दी गरेका हुन्। यसअघि पनि उनीहरूले लामो समयसम्म कार्यालयमा तालाबन्दी गरेका थिए। अभियान्ता हरि थापाका अनुसार किसानहरूले बिमा प्रिमियम तिरेर पनि दुई वर्षसम्म क्षतिपूर्ति नपाउँदा आक्रोशित भएका हुन्।

“स्याउ खेती नष्ट भएर किसान समस्यामा छन्, तर इन्स्योरेन्स कम्पनीले रकम नदिई पन्छिने प्रयास गरिरहेको छ,” थापाले बताए।
किसानहरूले बिमामा समावेश स्याउबारी हिउँ, असिना र रोग–कीराले नष्ट भए पनि कम्पनीले स्थलगत अनुगमन नगरी क्षतिपूर्ति नदिएको आरोप लगाएका छन्।
उनीहरूले तत्काल बिमा रकम भुक्तानी गर्न माग गर्दै सो माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

Next Post

जुम्लामा मनाइयाे ७०औं प्रहरी दिवस

३१ आश्विन २०८२, शुक्रबार ११:१६
“नागरिक प्रहरी सहकार्य सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ ७०औं प्रहरी दिवस– २०८२ जिल्ला प्रहरी कार्यालय जुम्लामा विशेष समारोहका साथ मनाइएको छ। कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रविन बाबु रेग्मी रहेका थिए। उक्त कार्यक्रमकाे अवसरमा पूर्व प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार, २०८१/८२ मा […]