जुम्लामा मनाइयाे ७०औं प्रहरी दिवस

महेश चाैलागाँई ३१ आश्विन २०८२, शुक्रबार १४:११

“नागरिक प्रहरी सहकार्य सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ ७०औं प्रहरी दिवस– २०८२ जिल्ला प्रहरी कार्यालय जुम्लामा विशेष समारोहका साथ मनाइएको छ।
कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रविन बाबु रेग्मी रहेका थिए।

उक्त कार्यक्रमकाे अवसरमा पूर्व प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार, २०८१/८२ मा प्रहरीलाई जग्गा उपलब्ध गराउने जग्गादाता तथा हाल जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको डिएसपी जानकारी दिएका छन ।

कार्यक्रममा नायव उपरीक्षक रेग्मीले प्रहरी र नागरिकबीचको सहकार्य बिना सुरक्षित समाज निर्माण सम्भव नहुने बताएका थिए। भने पछिल्लो बदलिँदो राजनिती मा शान्ति सुरक्षा लाई मजबुद बनाउन आग्रह गरेका छन ।

Next Post

पत्रकार लक्ष्मी न्यौपानेलाई ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२’

३१ आश्विन २०८२, शुक्रबार १४:११
यस वर्षको स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२ पत्रकार लक्ष्मी न्यौपानेलाई प्रदान गरिएको छ। स्वर्गीय दीपबहादुर कामीको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको यो चौथो संस्करण हो। स्व. दीपबहादुर स्मृति प्रतिष्ठानले हरेक वर्ष पत्रकारितामा क्रियाशील व्यक्तिलाई सम्मान गर्दै आएको छ। लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै हाल रेडियो नारी आवाजकी स्टेशन […]