“कालो साउन”

हिमशिखर संवाददाता १ श्रावण २०८२, बिहीबार १३:३२

ममता शाही , जाजरकोट

साउन महिनाको सुरुवाती सँगै मेरो जीवनमा
“बा” का यादहरूको वर्षात बर्सिन थाल्छ
‎उसो त, “बा” को यादले नसताएको कुनै क्षण छैन
तर, यो प्रत्येक वर्ष आउने साउन महिनाले

ती पुराना घाउहरू लाई ताजा बनाइदिन्छ,
त्यो पुरानो चोटमा नुन चुक छरिदिन्छ,
‎’बा’ को सम्झनाले झनै बढी विक्षिप्त गराइदिन्छ।

‎मलाई साँच्चै यो साउन महिनासित
धेरै गुनासो छ, यसलाई सोध्नु पर्ने असंख्य
‎प्रश्नहरु छन्,
‎मरो जीवनका सारा खुसीहरुलाई आफ्नो
कालो रंगसँगै मिश्रित गरिदियो
‎ मेरी आमाको सिन्दुर आफ्नो झरीले ‎पखालिदियो,
कालो बादलासँगै मेरो छायाँलाई विलीन गरिदियो,
‎साउने भेलले, घरमा छरिएर रहेका सुख शान्तिहरु लाई
‎एकै नराखी बगाइदियो,
‎साउन महिनाले मेरो जीवनमा धेरै ठुलो
‎अन्याय गरेको छ।

‘यो महिनाभरि एकरात पनि चैनको निद्रा लाग्दैन’
‎आकाश गड्याँङ्गुँडुङ गर्दा
‎’बा’ को त्यो रातको चिच्याहट सुन्छु,
‎झरी पर्दा, ‘बा’ले अन्तिम चोटी बगाएका
आँसु सम्झिन्छु,
‎हरियाली देख्दा, ‘बा’ले आफ्नो दर्द रोक्न
‎कम्मरमा बाँधेको आमाको हरियो
पछ्यौरी सम्झिन्छु,
‎कुहिरोले चारैतिर अँध्यारो बनाएको बेला
‎’बा’ को गोरो अनुहारमा कालको कालो
छायाँ परेको यी आखाँमा झलक्क हुन्छ।
‎र…..
यो साउने झरिभन्दा बढ्ता बर्सिन्छन्
मेरा आँखाहरु…………

Next Post

श्रम गरेकाे ज्याला नपाए पछि कामदार मिडियामा

१ श्रावण २०८२, बिहीबार १३:३२
तिला गाउँपालिका–४ नुवाकोटका दलबहादुर नेपाली सहितका कामदारहरूले आफुहरूले गरेको श्रमको ज्याला अहिलेसम्म नपाएको गुनासो गरेका छन् । कामदारहरूका अनुसार उनीहरूले डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–२ झ्याकोटमा भवन निर्माण र जुम्लाको सिँजा गाउँपालिकाको जाँचमा खानेपानी निर्माण कार्य गरेका थिए । तर, त्यसको पारिश्रमिक अहिलेसम्म नपाएको उनीहरूको आरोप छ । कामदार दलबहादुर नेपालीका […]

सम्बन्धित समाचार