जुम्लामा एक काेराेना संक्रमित महिलाकाे मृत्यु भएको छ ।
मृत्युु हुने गुठिचौर गाउँपालिका ३ की ७० बर्षिया एक महिला रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लाले जनाएकाे छ ।
जेठ १३ गते उनलाइ अस्पताल भर्ना गरिएकाेमा श्वासप्रश्वासमा समस्या आएपछि भेन्टीलेटरमा राखेर उपचार गरिएको थियाे । उपचारकै क्रममा आज दिउसाे मृत्युु भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराइले जानकारी दिएकाछन ।
हाल सम्म काेराेनाकाे कारण जुम्लामा पाँच जनाको मृत्यु भएकाे छ। जसमा २ जना कालिकाेटका १ जना सुर्खेतका र २ जना जुम्लाकाे नाथरिककाे मृत्युु भएकाे हाे ।