प्रहरीले (लागु औषध)ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित २ युवालाई जुम्लाबाट पक्राउ गरेको छ।
विशेष सूचनाकाे आधारमा प्रहरीले उक्त पदार्थसहित २ युवालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए। पक्राउ पर्नेमा तातोपानी गाउँपालिका ( ८ घर भई हाल चन्दननाथ नगरपालिका-६ बसपार्कमा कोठा डेरा लिइ बस्ने अन्दाजी २० बर्षका रोशन शाही र चन्दननाथ नगरपालिका-६ बस्ने अन्दाजी २० बर्षका प्रविन रावललाई शुक्रबार बिहान १०:३० बजे गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।
दुवै जनालाई सँगै हिँडिरहेको अवस्थामा खानतलासी गर्दा रोशन शाहीले लगाएको कालो रंगको ट्राउजरको बायाँ खल्तीमा प्लाष्टिको सानो टुक्रा २ पुरिया बनाइराखेको ११ ९एघार० मि।लि।ग्राम ब्राउन सुगर० जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारिएको हो।
उनीहरु दुवैलाई नियन्त्रणमा लिई जुम्ला जिल्ला अदालत जुम्लाबाट पहिलो पटक म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरिक्षकजोशीले बताए। जुम्लामा ब्राउन सुगर लगायतका लागु औषधको बढ्दो प्रयोगले समाजमा अपराधका घटनामा समेत बढ्दै गएको छ।