खाना पकाउने क्रममा जलेर दाङमा एक महिलाकाे ज्यान गयाे

हिमशिखर संवाददाता २ पुष २०७९, शनिबार १८:५४

दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर  एक महिलाको ज्यान  गएको छ । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षीया बसन्ती कुमालको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जलेर घाइते कुमालको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो  ज्यान गएको  प्रहरीले जनाएको  छ । शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तलको अधिकांश भाग जलेको थियो । घाइते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक  उपचार छि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो ।

Next Post

बैतडीमा क्याम्पसको होस्टेलमा शिक्षक मृत फेला

२ पुष २०७९, शनिबार १८:५४
पाटन नगरपालिका– ६ को कुष्ण माध्यमिक विद्यालयमा कार्यरत अन्दाजी ५० वर्षीय धनबहादुर विष्ट मृत फेला परेका हुन्। उनी शनिबार दिउँसो कार्यरत विद्यालय नजिकै पाटन बहुमुखी क्याम्पसको होस्टेलमा मृत फेला परेका हुन्। विष्ट सोही होस्टेलमा बस्दै आएका थिए। उनको घर बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानी हो। अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ। आफन्तहरू नआउञ्जेल शव […]