जुम्लामा लागुऔषध दुर्व्यसनीकाे संख्या दिन प्रतदिनि बढ्दै गइरहेको छ । जुम्ला सहज सडक सञ्जालमा जाेडिएपछि लागुऔषध दुर्व्यसनीकाे संख्या दिन प्रतदिनि बढ्दै गइरहेको हाे ।
तीन वर्षमा जुम्लामा लागुऔषध दुर्व्यसनीका २४ मुद्दा दर्ता भयका छन् ।आर्थिक वर्ष २०७७/०८८ देखि आर्थिक वर्ष २०७९/०८० सम्म २४ लागुऔषधसम्बन्धीका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए । आर्थिक वर्ष २०७९/२०८० मा १२ मुद्दा दर्ता भइ २५ जना प्रतिवादी पक्राउ परेको र उनीहरुबाट १३ ग्राम ९३ मिलिग्राम ब्राउनसुगर, २ ग्राम १९० मिलिग्राम चरेस, १५ ग्राम ८२ मिलिग्राम गाँजा र २४ वटा नाइट्राभेट ट्याब्लेट बरामद गरिएकाे उनले बतए ।
अझै ७ जना प्रतिवादी फरार रहेको प्रहरी निरीक्षक बुढामगरले बताए । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ७ मुद्दा दर्ता भइ १२ जना प्रतविादी पक्राउ परेको र उनीहरुबाट १०५ मिलिग्राम ब्राउन सुगर, ७६.६२ ग्राम चरेस र २४१ पिस ट्रामाडोल र कोलोनोजेपाम बरामद गरएिको थियाे भने आ.व. २०७७/०८८ मा ५ मुद्दा दर्ता भइ १४ जना पक्राउ परेको र उनीहरुबाट ६८० मिलिग्राम ब्राउन सुगर र १०४ ग्राम चरेस बरामद गरिएको साथै २ महिला र २ पुरुष गरी ४ जना प्रतिवादी फरार रहेका छन् । लागुऔषध प्रयोगकर्तामा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवायुवती रहेको प्रहरी निरीक्षक बुढामगरले बताए ।