झण्डै दुई वर्षपछि राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला कार्यालय पुनः सञ्चालनमा आउने

महेश चाैलागाँई १३ श्रावण २०८२, मंगलवार ०८:१६

जुम्ला — झण्डै दुई वर्षदेखि बन्द रहेको राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला जिल्ला कार्यालय पुनः सञ्चालनमा आएको छ। २०७९ सालदेखि आयोगको कार्यालय सञ्चालन नहुँदा मानव अधिकारसम्बन्धी गुनासा तथा अनुगमन कार्य प्रभावित हुँदै आएको थियो।

आयोगले जुम्ला कार्यालय पुनःसञ्चालन गरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा मानव अधिकारको अवस्था अनुगमन र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने जनाएको छ। नयाँ संयोजकको नेतृत्वमा कार्यालय पुनःसञ्चालन गरिएको हो।

मानव अधिकार संरक्षणका लागि आयोगको स्थानीयरूपमा उपस्थिति आवश्यक रहेको भन्दै नागरिक समाज, सञ्चारकर्मी र अधिकारकर्मीहरूले कार्यालय पुनःखोल्न बारम्बार माग गर्दै आएका थिए। स्थानीयस्तरका मानव अधिकार उल्लंघनका घटनामा पहुँच पुर्‍याउन र पीडितको न्याय सुनिश्चित गर्न कार्यालय सञ्चालनले टेवा पुर्‍याउने विश्वास लिइएको छ।

Next Post

नेपाली सेनाको बाजागाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

१३ श्रावण २०८२, मंगलवार ०८:१६
जुम्लाको एक सरकारी टोली सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्ला स्थित बडिमालीका भगवती मन्दिरको पुजाँआजाका त्यस तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा बिष्नु बहादु महतकाे नेतृत्वमा केहि भक्तजन, पुजारी सहितको टोली बडिमालिका प्रस्थान गरेको हो । हरेक वर्ष साउन शुक्ल पुर्णिमा नाकपन्चमीका दिन तत्कालिन जुम्ला राज्य र […]

सम्बन्धित समाचार