नयाँदिल्ली: भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।
पछिल्लो केही वर्षदेखि नै सीमा विवादमा फसेका दुई मुलुकका प्रतिनिधिहरुको वार्ता सीमा विवाद समाधानका लागि लक्षित थियो । भारतीय अधिकारीहरुका अनुसार दुबै पक्ष सीमा क्षेत्रमा उत्पन्न तनाब कम गर्न सहमत छन् ।
साथै विवादास्पक्ष सीमा क्षेत्रबाट सेना फिर्ता गर्न उनीहरु तयार देखिएका छन् । गत साता मात्रै सीमा क्षेत्रमा दुबै देशका सेनाहरुबीच धक्कामुक्की भएको भिडियो समेत सार्वजनिक भएको थियो । यसअघि गत वर्ष पनि गलवान क्षेत्रमा दुबै सेनाहरुबीच भीडन्त हुँदा २२ जना भारतीय सैनिक मारिएका थिए ।