तराईमा एक हप्तादेखि शीतलहर

हिमशिखर संवाददाता २२ पुष २०७९, शुक्रबार ०६:३७

तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो।

नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ। सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ।

महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ। पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु-कुहिरो लाग्दै आएको छ। आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ।

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ। पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ।

Next Post

आजबाट स्वस्थानी व्रत सुरु

२२ पुष २०७९, शुक्रबार ०६:३७
श्रीस्वस्थानी व्रतकथा आजबाट सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु हुने श्रीस्वस्थानी व्रतकथा माघ शुक्ल पूर्णिमासम्म रहन्छ। भगवान् शिवको पूजा आराधना गरी बसिने स्वस्थानी व्रत एक महिनासम्म नित्य नुहाइधुवाइ गरी शिवको आराधना गरि गरिने धार्मिक प्रचलन छ। यो व्रत बस्नाले व्रताकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोग […]