२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपमा नेपाल बङ्लादेशसँग पराजित

हिमशिखर संवाददाता ८ पुष २०७९, शुक्रबार ०७:१४

२३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्लादेशसँग ३–० को सोझो सेटमा पराजित भयो ।

नेपालले पहिलो सेट २४–२६, दोस्रो सेट २२–२५ र तेस्रो सेट २५–२१ ले गुमाउन पुग्यो । बङ्लादेशमा हिजोदेखि सुरु भएको च्याम्पियनसिपमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको छ । राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्नेछ । त्यस्तै भोलि किर्गिस्तानसँग खेल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बङ्लादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । बङ्लादेश र किर्गिस्तानले ३ अंक जोडेका छन् भने नेपाल र श्रीलंका अंकविहीन छन् । पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलका खेल पुस १० गते तथा फाइनल खेल ११ गते हुनेछ ।

Next Post

सरकार गठनमा प्याकेजमै सहमति गर्ने गरी छलफल गर्दै गठबन्धन, विकल्पको खाका तयार

८ पुष २०७९, शुक्रबार ०७:१४
नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनका दलहरुले छलफललाई तीव्र पारेका छन् । गठबन्धनमा आबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी विकल्पको खाका तयार भएको र आजदेखि यही खाकामाथि थप छलफल हुने अनुमान छ । राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो अडान कायमै राख्दा सरकार […]