एमालेकाे अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित 

हिमशिखर संवाददाता २५ भाद्र २०७८, शुक्रबार १४:०६
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् ।

शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सृजना गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

Next Post

एमालेको नाराबाजीका बिच संसदबाट ३ वटा अध्यादेश पारित

२५ भाद्र २०७८, शुक्रबार १४:०६
एमाले सांसदहरूको नाराबाजीका बावजुद पनि प्रतिनिधिसभा बैठकले ३ वटा  अध्यादेश पारित गरेको छ। शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो । एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त […]

सम्बन्धित समाचार