काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता लिएका छन्, नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन् ।
२५०३ मत गणाना गर्दा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १३०१ मत पाएका छन् भने एमालेका बाँस्कोटाले १०२८ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १९५ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै एमालेका बाँस्कोटा निर्वाचित भएका थिए ।