चन्दननाथ नगरपालिका जुम्लाको पुँजिगत खर्च निरासा जनक देखिएको छ । चालु आर्थिक वर्षको पुँजिगत खर्च निरासा जनक देखिएको हो । चालु आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकि रहँदा सार्वजनिक भएको खर्च विवरणले यस्तो देखाएको हो । नगरपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति विवतरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले पुँजिगत बजेट ११ प्रतिशत मात्रै खर्च भएको बताउनु भयो ।
चालु तर्फको खर्च ५५ प्रतिशत जति भएको उहाँको भनाइ छ । पुँजि र चालुतर्फको खर्च हेर्दा कर्मचारीले आफ्नो सेवा सुविधा लिने र जनताको काम नगरेको स्पष्ट हुन्छ । बाह्रै महिना राज्यबाट सेवा सुविधा लिने कर्मचारीले जनताको काम नगरेको पुँजिगत बजेटबाट प्रष्ट हुन्छ । कर्मचारीले पुँजिगत बजेट खर्च नगरेको देखिन्छ । पुँजिगत बजेट जनताको विकास निर्माणमा खर्च हुने बजेट हो भने चालु बजेट कर्मचारीको सेवा सुविधाको बजेट हो । राज्यले दिने सेवा सुविधा लिन कर्मचारीहरु चुकेका छैनन् । तर, जनताको नाममा आएको बजेट समयमा खर्च नहुनु जनप्रतिनिधि र कर्मचारी दुवैको कमजोरी हो ।
अहिले सम्म चालु आर्थिक वर्षका आदा भन्दा बढी योजना सकिनु पर्ने हो । तर, हालम्म एउटा बाँहेक अन्य योजना नगरपालिकाले सम्पन्न गर्न सकेको छैन् । चालु आर्थिक वर्षका १५६ वटा योजना मध्ये एउटा बाँहेक अन्य कुनै पनि योजना सम्पन्न भएको देखि दैनन् । यो तथ्य प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले प्रस्तुत गरेको प्रगति विवरणमा स्पष्ट उल्लेख छ । नगर बासिले चालु बजेट खर्च हुनु र पुँजिगत बजेट खर्च नभएको विषयमा गम्भिर प्रश्न उठाउन सकेनन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा कर्मचारी र जनप्रतिनिधिको उपस्थित बढी भएकाले पनि नगरपालिका प्रति गम्भिर प्रश्न उठेको छैन् । प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको प्रगति विवरणमा ५ लाख भन्दा मुनिका १०३, १० लाख भन्दा मुनिका २२, २० लाख भन्दा मुनिका २०, ५० लाख भन्दा मुनिका ५, १ करोड भन्दा मुनिका १ र १ करोड माथिका १ वटा योजनाहरु रहेको सार्वजनिक गरिएका छन् । तर, यति धेरै योजनाहरु मध्ये हालसम्म १ वटा मात्रै योजना सम्पन्न भएको विवरण नागरिक बिच सार्वजनिक हुनुले विकास निर्माणको काम कछुवा गतिमा अघि बढेको देखिन्छ ।
जुम्लाका अन्य स्थानीय तहले नगरपालिकाबाट सिको गर्नु पर्नेमा नगरपालिकाले त्यस्तो काम देखाउन सकेको छैन् । ६११ जना जनशक्ति नगरपालिकामा छन् । तर, विकास बजेटको खर्च निरासा जनक देखिएको छ । स्थायी कर्मचारी मात्रै नगरपालिकामा ४१ जना छन् । ती कर्मचारीले राज्यबाट आउने सेवा सुविधा प्रयोग गर्ने बाँहेक विकास बजेटमा ध्यान नदिएको नगरबासिको आरोप छ । प्रमुख प्रशाकिय अधिकृत न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा नगरपालिकाले १ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ९३ लाख संकलन गरि सकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, राजश्व संकलन गर्ने लक्ष्यको नजिक नजिक नगरपालिका पुगेको छ । नगरपालिका भित्र रहेका ५२ वटा सहकारी मध्ये २० वटाले विवरण बुझाएको र ४ वटा सूचिकृत भएको उहाँको भनाइ छ । यस्तै वाणिज्य तर्फका २५ वटा नयाँ उद्योग दर्ता भएको न्यौपानेको भनाइ छ । वाणिज्य तर्फका ८८ वटा उद्योग खारेज भएको उहाँले बताउनु भयो । नगरपालिका भित्र ५१८ जनाले बेरोजगारको फर्म भरेका छन् । यस्तै ३ हजार ४ सय ९८ जनाले सामाजिक भत्ता खाई पाई रहेका छन् । नगरपालिका भित्रका विषयगत शाखा मध्ये स्वास्थ्य शाखा र उद्योग शाखा बाँहेक अन्य शाखाको काम सन्तोषजनक देखिएको छैन् ।
स्वास्थ्य शाखाले वित्तीय प्रगति ६६।५ प्रतिशत गरेको छ । स्वास्थ्य शाखाको तुलनामा अन्य विषयगत शाखाले खर्च गर्न सकेको अवस्था छैन् । कार्यक्रममा बोल्दै नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाले सहजताका लागि आफ्नै डोजर, ट्याक्टर, शव बहान गाडी, एम्बुलेन्स लगायतका सवारी साधन खरिद गरेको बताउनुभयो । यस्तै सबैले गिज्याई रहेको जुगाड खोलालाई सफा र सुन्दर बनाउने पहलमा रहेको उहाँको भनाइ छ ।
आफ्नो पालामा भएको पहिलो सार्वजनिक सुनुवाईबाट नागरिकका प्रश्न सुन्ने थालनी गरिएको बताउनु भयो । यस्तै नगर उपप्रमुख रामदेबि खड्काले योजना अनुगमन गर्ने र न्यायका क्षेत्रमा काम गर्ने आफ्नो अधिकार क्षेत्र भएको बताउनु भयो । नजताका समस्या हल गर्नको लागि जनप्रतिनिधिहरु तयार रहेको उहाँको भनाइ छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधिको अगुवाईमा पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको खड्काले बताउनु भयो ।
उहाँले भन्नुभयो, विगतमा भएका कमजोरी हामीले जिम्मेवारी लिने कुरा हुँदैन अहिले कमजोरी भएमा गुनासो गर्नको लागि नगरपालिकाको ढोका खुल्ला गरेका छौँ । नगरपालिकामा न्याय लिन आएका नागरिकलाई सहज रुपमा सेवा दिई रहेको उहाँको भनाइ छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बढी सहभागि थिए । नागरिकको उपस्थित न्युन रहेको थियो ।