सरकार कुनै पनि विषयमा विचलित हुदैन: मन्त्री गुरूङ

हिमशिखर संवाददाता १४ फाल्गुन २०७७, शुक्रबार १९:५९

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन्।

साधना कला केन्द्र र नेपाल सांगीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा विचलित नभई काम गर्ने बताउनुभएको हो।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन’, सरकारका प्रवक्ता गुरुङले भने, ‘राष्ट्र र राष्ट्रिताका लागि मुलुकलाई सही निकास दिने र गन्तव्यमा पुर्‍याउने काम गर्नेछ।’ उनले राष्ट्रको विकास, समृद्धि र रुपान्तरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहसमेत गरे।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान व्यक्त गर्दै मन्त्री गुरुङले  “फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुने जस्ता आंकलन पनि भएका थिए, तर हामी जे फैसला भए पनि मानेर जाने पक्षका हौँ।”

छिमेकी राष्ट्रहरु विकासको तीव्रगतिमा अघि बढेको स्मरण गराउँदै उहाँले नेपालको विकास र समृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

सो अवसरमा स्वर्गीय गुरुङका जेठा छोरा तथा विश्वविख्यात गीतारवाधक किशोर गुरुङद्वारा लिखित गुरुङ जातिको मौलिक परम्परागत ‘घाटु नृत्य’ नामक कृतिको विमोचनसमेत मन्त्री गुरुङले गरेका थिए।

Next Post

नैतिकताका आधारमा राजीनामा दिएकाे इतिहास

१४ फाल्गुन २०७७, शुक्रबार १९:५९
२५ असार ०३० मा सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । आगलागीको खबरपछि सिंहदरबार पुगेका उनी रातभरि त्यहीँ बसे । नेपाली सेना र प्रहरीका उद्धारकर्तालाई हौसला दिए । तर, आगोले महत्वपूर्ण दस्ताबेज जलेपछि उनी निराश भए । र, राजीनामा लिएर दरबार पुगे । राजीनामा लिएर दरबार गएका विष्टलाई राजा […]