पोखरामा विमान दुर्घटना : उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १४:३३

पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट (एनएएलएक्स र एनएएलए) हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ।

साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको र स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए। साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए।

चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा थिए भने विमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए।

केन्द्रका अनुसार एनवाईटी ६९१ नम्बरको ९एन–एएनसी विमान पोखरा टावरसँग विहान १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चता उक्त विमान दुर्घटना भएको हो। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँ विमानस्थलबाट विहान १०ः३३ बजे विमान पोखराका लागि उडान भरेको थियो।

Next Post

विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड पाेखरा जाँदै

१ माघ २०७९, आईतवार १४:३३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन्। विमानस्थल दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री पाेखरा जान लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ। आइतबार बिहान यति एयरलाइन्सकाे जहाज पाेखरामा दुर्घटना भएकाे थियाे। दुर्घटना भए लगत्तै अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका प्रधानमन्त्र प्रचण्डले केही समयअघि मन्त्री परिषद्काे आकस्मिक बैठक बाेलाएकाे थिए। बैठक सकिए लगत्तै […]