विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड पाेखरा जाँदै

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १४:३६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन्।

विमानस्थल दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री पाेखरा जान लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ।

आइतबार बिहान यति एयरलाइन्सकाे जहाज पाेखरामा दुर्घटना भएकाे थियाे।

दुर्घटना भए लगत्तै अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका प्रधानमन्त्र प्रचण्डले केही समयअघि मन्त्री परिषद्काे आकस्मिक बैठक बाेलाएकाे थिए। बैठक सकिए लगत्तै प्रधानमन्त्री प्रचण्ड आफैं पाेखरा जान लागेकाे प्रधानमन्त्री सचिवालयले जनाएकाे छ।

बिहान साडे १० बजे भएकाे विमान दुर्घटनापछि अहिले उद्दार कार्य जारी छ। बिमान पाेखरा विमानस्थल नजिकै सेती खाेँचमा दुर्घटनाग्रस्त अवस्थामा छ।

Next Post

पाेखरामा दुर्घटनाग्रस्त विमानमा गायिका निरा छन्त्याल पनि परिन्

१ माघ २०७९, आईतवार १४:३६
पाेखरामा दुर्घटनाग्रस्त यति एयरसाइन्सकाे विमानमा लाेकदाेहरी गायिका निरा छन्त्याल पनि सवार रहेकाे खुलेकाे छ। बिहान साडे १० बजे काठमाडाैँबाट पाेखरा जाँदै गरेकाे विमानमार्फत गायिका छन्त्याल पाेखरा महाेत्सवका लागि जाँदै गरेकाे पारिवारिक स्राेतले पुष्टि गरेकाे छ। गायिका छन्त्यालकाे अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएकाे छैन। उनले काठमाडाैँबाट पाेखरा प्रस्थान गर्नुअघि सामाजिक सञ्जामलमार्फत […]