सहयात्रा तेस्रो परियोजनाअन्तर्गत स्थानीय युवाहरूलाई जलवायु न्याय तथा विपद् व्यवस्थापन सम्बन्धी ५ दिने प्रशिक्षण तालिम सम्पन्न

महेश चाैलागाँई ७ श्रावण २०८२, बुधबार ०९:५९

सहयात्रा तेस्रो परियोजनाअन्तर्गत स्थानीय युवाहरुलाई लक्षित गर्दै जलवायु न्याय तथा विपद् व्यवस्थापन सम्बन्धी ५ दिने प्रशिक्षण तालिम मङगलबार सम्पन्न भएको छ । सेफ द  चिल्ड्रेन काे आर्थिक सहयाेग तथा किडाक नेपाल र भिडिसेफ नेपाल कालिकोट काे सयाेजकत्वमा  तालिम सन्चालन भएको थियाे  ।

तालिममा जुम्ला र कालिकोट गरेर २६ जना युवा र पत्रकार काे सहभागीता रहेकाे थियाे तालिमको उद्देश्य जलवायु परिवर्तनका असरबारे सचेतना फैलाउनु, युवालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सक्षम बनाउनु, र दिगो वातावरणीय कार्यका लागि नेतृत्व विकास गर्नु रहेको सहभागीकिडाक नेपाल का परियोजना सयाेजक  दिपेश आचार्य ले जानकारी दिएका छन ।

तालिममा सहभागी युवाहरुलाई जलवायु न्याय, प्राकृतिक प्रकोपको पूर्वतयारी, बाढी, पहिरो, डढेलो, पत्रकारीता  लगायत विपद्को व्यवस्थापन, स्थानीय स्रोत परिचालन, र समुदायस्तरमा पूर्वसूचना प्रणालीको प्रयोगबारे व्यवहारिक  जानकारी दिइएको थियो।

सहभागीहरुले तालिमले आफूहरुलाई जलवायु मुद्दामा जानकार र सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित बनाएको  कालिकोट बाट सहभागी युवा अस्मिता जैसी ले प्रतिक्रिया दिएका थिन । जलवायु न्याय र विपद् व्यवस्थापनलाई एकअर्कासँग जोडेर हेर्नु आजको आवश्यकता हो। केवल प्राकृतिक स्रोतको संरक्षण वा आपतकालीन राहत पर्याप्त होइन।

न्यायसंगत, सहभागितामूलक, र स्थानीय सशक्तिकरणमा आधारित प्रणाली निर्माण गर्नु नै दीगो समाधानको बाटो रहेकाे भिडिसेफ नेपाल कालिकोटका परियोजना संयोजक दमन सनज्याल ले जानकारी दिएका छन ।

Next Post

मङगबारकाे भारी बर्षाले ऊथु –भुलभुले भित्री सडक पूर्णरूपमा अवरुद्ध

७ श्रावण २०८२, बुधबार ०९:५९
कनकासुन्दरी गाउँपालिका-१ स्थित न्याउरीघाटमा लगातारको वर्षापछि खसेको ठूलो पहिरोले उर्थु–भुलभुले भित्री सडक पूर्णरूपमा अवरुद्ध भएको छ। मिति २०८२ साउन ६ गते राति परेको अबिरल वर्षाका कारण करिब दुई किलोमिटर सडक क्षेत्रमा माथिबाट माटो, ढुंगा र रुखसहितको पहिरो खस्दा सडक सम्पर्क ठप्प भएको हो। सडक बन्द भएको जानकारी २०८२ साउन ७ […]