नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुँदै छ। प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको जिल्ला अदालत, काठमाडौंमा अदालती बयान सकिएपछि आजदेखि थुनछेक बहस हुने भएको हो।
सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्ने तयारी गरेका छन् भने प्रतिवादीका तर्फबाट करिब ५० जनाभन्दा बढी कानुन व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन्।