मङगबारकाे भारी बर्षाले ऊथु –भुलभुले भित्री सडक पूर्णरूपमा अवरुद्ध

महेश चाैलागाँई ७ श्रावण २०८२, बुधबार १६:३९

कनकासुन्दरी गाउँपालिका-१ स्थित न्याउरीघाटमा लगातारको वर्षापछि खसेको ठूलो पहिरोले उर्थु–भुलभुले भित्री सडक पूर्णरूपमा अवरुद्ध भएको छ। मिति २०८२ साउन ६ गते राति परेको अबिरल वर्षाका कारण करिब दुई किलोमिटर सडक क्षेत्रमा माथिबाट माटो, ढुंगा र रुखसहितको पहिरो खस्दा सडक सम्पर्क ठप्प भएको हो।

सडक बन्द भएको जानकारी २०८२ साउन ७ गते दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय जुम्लामा प्राप्त भएको थियो। त्यसपछि चौथा प्रहरी चौकीबाट प्रहरी हवल्दार रमेश गिरीको नेतृत्वमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चौथाबाट करिब ८ किलोमिटर पूर्व–उत्तरतर्फ रहेको उक्त स्थानमा पहिरोको मात्रा ठूलो भएकाले बाटो खुलाउन केही दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

हालसम्म कुनै मानवीय क्षति नभएको बताइए पनि सडक अवरुद्ध हुँदा स्थानीयवासी र यात्रुहरूलाई दैनिक आवतजावतमा ठूलो समस्या भएको छ। बाटो खुलाउने प्रयास भइरहेको र थप मेसिन तथा जनशक्ति परिचालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पहिरो अझै खस्ने जोखिम कायमै रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।

Next Post

एउटै डोरीमा झुण्डिएको अवस्थामा दिदीबहिनीको शव फेला

७ श्रावण २०८२, बुधबार १६:३९
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृत अवस्थामा फेला परेका छन्। स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन्। मेनुका […]