वीरेन्द्रनगरमा युवक मृत फेला

हिमशिखर संवाददाता ७ माघ २०७९, शनिबार १६:०६

वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन्।

वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ। घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताए।

स्थानीयले खबर गरेपछि छेउमै मोटरसाइकल पार्किङ गरी मृतावस्थामा भेटिएका उहाँको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।

Next Post

जिप दुर्घटनामा चार जनाको मृत्यु

७ माघ २०७९, शनिबार १६:०६
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस […]