जिप दुर्घटनामा चार जनाको मृत्यु

हिमशिखर संवाददाता ८ माघ २०७९, आईतवार ०९:२८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन्।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन्।  जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Next Post

जडिबुटी मिसाएको खानेकुरा खाँदा जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी

८ माघ २०७९, आईतवार ०९:२८
चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् ।मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल धराला, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल घर धनी […]