रहेनन जनगायक जेबी टुहुरे

हिमशिखर संवाददाता १० भाद्र २०७८, बिहीबार १९:५०

जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे ) को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए।

मंगलबार स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो।

डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित गीत- ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लगायत छन्।

Next Post

जुम्लामा जवरजस्ती करणी मुद्दाका तीनजना आराेपी पक्राउ

१० भाद्र २०७८, बिहीबार १९:५०
जुम्लामा जबर्जस्तीकरणी सम्बन्धि दुईवटा मुद्दाका तीन जना आराेपी पक्राउ परेका छन्। जुम्ला प्रहरीले चन्दननाथ नगरपालिका ९ का वर्ष २० का विशाल सार्की, कमल सार्की र तिला -८ बस्ने वर्ष २८ का जीवन रावतलाई प्रकाउ गरेको हो। भदौ ७ गते राती ११ बजे तातोपानी गाउँपालिका -१ बाईराका की १८ वर्षीया किशोरीलाई […]