मन्त्री बन्दै कुलमान र रामेश्वर खनाल

महेश चाैलागाँई २९ भाद्र २०८२, आईतवार २१:५९

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो । उनीहरुको शपथ भने भोलि हुनेछ ।

Next Post

जुम्ला कारागारबाट फरार १८ कैदी अझै पक्राउ परेनन्

२९ भाद्र २०८२, आईतवार २१:५९
जुम्ला कारागारबाट जेन–जी आन्दोलनका क्रममा भागेका ४१ कैदीमध्ये १८ जना अझै फरार रहेका छन्। गएको भदौ २४ गते जुम्लामा भएको आन्दोलनपछि कैदीहरूले सामूहिक रूपमा कारागार तोडफोड गरी भागेका थिए। त्यस क्रममा केहीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिन सफल भए पनि, केहीले आफैं आत्मसमर्पण गरेका थिए। तर, १८ जना अझै फरार रहेका […]