कर्णालीका मुख्यमन्त्री शाहीले दिए पदबाट राजीनामा

हिमशिखर संवाददाता १५ कार्तिक २०७८, सोमबार २२:०१

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमवार साँझ पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनबीच यसअघि गरिएका राजनीतिक सहमतिप्रति इमान्दार हुँदै नेपाली कांग्रेसलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताए ।

 वैशाख ३ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति थियो । ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।

पूर्वसहमति कार्यान्वयनका लागि शाहीले राजीनामा दिएका हुन् । उनी २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Next Post

काठमाण्डौको अनामनगरस्थित कार्की भवनमा आगलागी

१५ कार्तिक २०७८, सोमबार २२:०१
काठमाण्डौको अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ । फर्निचर सोरुममा बिहीबार साँझ लक्ष्मीपूजा गरी दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन् । आगो निभाउने प्रयास जारी रहेको छ । क्षतिको विवरण आएको छैन ।