जुम्ला कारागारबाट फरार १८ कैदी अझै पक्राउ परेनन्

महेश चाैलागाँई ३० भाद्र २०८२, सोमबार १९:१८

जुम्ला कारागारबाट जेन–जी आन्दोलनका क्रममा भागेका ४१ कैदीमध्ये १८ जना अझै फरार रहेका छन्। गएको भदौ २४ गते जुम्लामा भएको आन्दोलनपछि कैदीहरूले सामूहिक रूपमा कारागार तोडफोड गरी भागेका थिए। त्यस क्रममा केहीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिन सफल भए पनि, केहीले आफैं आत्मसमर्पण गरेका थिए। तर, १८ जना अझै फरार रहेका कारण सुरक्षा निकायलाई थप चुनौती थपिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबू रेग्मीले सार्वजनिक गरेको विवरणअनुसार फरार रहेका कैदीहरूको नाम यसप्रकार छः
१) प्रेम राजा महत – जुम्ला
२) दिनेश लावड – मुगु
३) हिक्मत गिरी – जुम्ला
४) डिली कार्की – जुम्ला
५) भिम प्रसाद कडायत – जुम्ला
६) हुकुम शाही – जुम्ला
७) सन्तोष सार्की
८) भक्त राज शाही
९) पुन्न बि.क – मुगु
१०) डम्बर नेपाली – गोठीज्युला
११) सुरेन्द्र महत
१२) पुर्ण प्रसाद भन्डारी
१३) दिपेन्द्र सुनार
१४) रमेश नेपाली सार्की (२९ गते भागेका)
१५) लाल बिर योगी
१६) कमल शाही
१७) प्रकाश शाही
१८) इश्वरी वम

प्रहरीले फरार कैदीहरूको खोजीका लागि जुम्ला जिल्लासहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा चेकजाँच कडा पारेको छ। साथै जिल्ला प्रहरी कार्यालयले नजिकका जिल्ला प्रहरी कार्यालयहरूसँग पनि समन्वय गर्दै निगरानी बढाएको जनाएको छ।

फरार कैदीहरूको खोजीमा प्रहरी मात्र नभई सशस्त्र प्रहरी र स्थानीय तहसँग समेत सहकार्य भइरहेको छ। स्थानीयलाई शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी दिन अनुरोध गरिएको छ।

सुरक्षा निकायका अनुसार कैदीहरू मध्ये कतिपय आपराधिक घटनामा संलग्न भएकाले उनीहरूको लामो समयसम्म फरार रहनुले स्थानीय सुरक्षामा खतरा बढाउने आशंका गरिएको छ।

Next Post

जुम्लाकाे हिमा गाउँपालिकामा युवाको असन्तोष किन चुलियो?

३० भाद्र २०८२, सोमबार १९:१८
जुम्लाको हिमा गाउँपालिकामा युवाहरू सडक आन्दोलनको चेतावनीसम्म दिनुपर्ने अवस्था सिर्जना भएको छ। यसको मूल कारण अनियमितता र स्रोतको मनपरी खर्च रहेकाे छ । स्थानीय तह गठनको करिब एक दशक बितिसक्दा पनि पारदर्शिता र जवाफदेहिताको अभ्यासमा हिमा गाउँपालिका पछि परेको आरोप लाग्दै आएको छ। युवाहरूका अनुसार शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।