जुम्लाको हिमा गाउँपालिकामा युवाहरू सडक आन्दोलनको चेतावनीसम्म दिनुपर्ने अवस्था सिर्जना भएको छ। यसको मूल कारण अनियमितता र स्रोतको मनपरी खर्च रहेकाे छ ।
स्थानीय तह गठनको करिब एक दशक बितिसक्दा पनि पारदर्शिता र जवाफदेहिताको अभ्यासमा हिमा गाउँपालिका पछि परेको आरोप लाग्दै आएको छ। युवाहरूका अनुसार शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा लगानी हुनुपर्ने रकम अन्यत्रै खर्च गरिएको हिमा सचेत युवाकाे भनाइ रहेकाे छ । गाउँपालिकाको स्रोत जनताको कर र सरकारी अनुदानबाट उठे पनि यसको उपयोग जनताको प्राथमिकताअनुसार नभई “मनपरी” ढङ्गले हुँदै आएको उनीहरूको गुनासो रहेकाे छ ।
हिमा सेचेत ले “अब सहन सकिन्न,” भन्ने चेतावनीसहित युवाहरूले सार्वजनिक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा स्पष्ट भनिएको छ । “पारदर्शिता र जवाफदेहिता विकल्प होइन, जनता र सरकारको दायित्व हो।”
यो अभिव्यक्तिले स्थानीय नेतृत्वप्रति गहिरो असन्तोष मात्र होइन, जवाफदेहिताको कठोर माग पनि देखाउँछ।
स्थानीय युवाले सात दिनको अल्टिमेटम दिएका छन ।
युवाहरूले आफ्ना मागहरू एक साताभित्र सम्बोधन गर्नुपर्ने चेतावनी दिएका छन्। अन्यथा, “कठोर आन्दोलन” सुरु गर्ने बताएका छन्। मागहरूमा,
अनियमितता र दोहोरिएको स्रोत दुरुपयोगको अन्त्य,
जनताको करको रकम पारदर्शी रूपमा उपयोग,
युवा–मैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता—मुख्य रहेका छन्।



