जुम्लामा काँग्रेसकाे शक्ति प्रदर्शन

पुष्पा बिष्ट २९ मंसिर २०७७, सोमबार १९:५२

नेपाली काँग्रेसले देशव्यापी रुपमा सरकार विराेधि प्रदर्शन गर्ने क्रममा जुम्लामा पनि र्‍याली र सभाकाे अायाेजना गरेकाे छ।

प्रदर्शन पछि भएकाे विराेध सभामा कर्णाली प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले सरकारकाे एउटै लाेकप्रिय काम भ्रष्टाचार भएकाे बताएका छन्।

‘समृद्धि नेकपाकाे भएकाे छ। अग्रगमन आसेपासेहरुकाे भएकाे छ,’ उनले भने, ‘हामीले सरकारलाई सहयाेग गर्‍याैं। तर सरकार जनताकाे सेवा भन्दा पनि लुट्नमा व्यस्त भयाे। अब काँग्रेस मुखमा दहि जमाएर बस्दैन।’ विराेध सभालाई सम्बाेधन गर्दै सभासद ललितजंग शाहीले सरकार लाेकतन्त्र मास्न लागेकाे बताए।

उनले राजावादीहरुकाे आन्दोलनलाई लक्षित गर्दै भने, ‘राज आएर देश बचाउनु पर्ने हाे त्यत्रो संघर्ष गरेर लाेकतन्त्र ल्याएकाे अर्थ के भयाे? के अाेली सरकार लाेकतन्त्रकाे रक्षा गर्न नसक्ने अवस्थामा पुग्याे?’

काँग्रेसका जिल्ला नेताहरुले विराेध प्रदर्शन गर्ने क्रममा अाेली सरकारकाे आलाेचना गर्दै भने, ‘लाखाैं रुपियाँले हेलिकप्टर रिजर्भ गरेर दुई सय रुपियाँकाे पिपि फर्म बाँड्नु सरकारकाे चरम लाचारी हाे।’

विराेध र्‍याली कृष्ण मन्दिरबाट सुरु भई बजार परिक्रमा गरि सभामा परिणत भएको थियाे।

Next Post

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा।

२९ मंसिर २०७७, सोमबार १९:५२
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। राष्ट्रपति भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद्‌ ऐन संशोधन अध्‍यादेशले नेपाली राजनीतिमा तरंग ल्याएका बेला उनलाई भेट्न प्रधानमन्त्री शीतल निवास पुगेका हुन। शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओली ७ बजेर ४० मिनेटमा शीतल निवासमा छिरेका छन्। […]

सम्बन्धित समाचार