जनयुद्ध दिवसमा रञ्जितको प्रतिबद्धता: “सुर्खेत–१ को विकास हाम्रो साझा जिम्मेवारी”

महेश चाैलागाँई २ फाल्गुन २०८२, शनिबार १६:३९

सुर्खेत, १ फागुन २०८२। नेकपा नेता तथा प्रतिनिधिसभा उम्मेदवार जित बहादुर राना (रञ्जित) ले ३१औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रञ्जितले जनयुद्ध र जनआन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

उनले प्राप्त उपलब्धिको रक्षा गर्दै अब राजनीतिक स्थायित्व, सुशासन र तीव्र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएका छन्।

उनले दलित, महिला, युवा तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आगामी निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट आफूलाई विजयी गराउन मतदातासमक्ष अपिल गरेका छन्।


रञ्जितलाई आन्दोलनदेखि संसदीय अभ्याससम्म सक्रिय र सुर्खेतको विकास एजेण्डामा स्पष्ट धारणा राख्ने नेताका रूपमा चिनिन्छ।

Next Post

भागेको हेलिकोप्टर पुनः सिंहदरबार र बालुवाटारमा अवतरण भए लोकतन्त्र खतरामा पर्छ : रबि लामिछाने

२ फाल्गुन २०८२, शनिबार १६:३९
अर्घाखाँची: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले भागेको हेलिकोप्टर पुनः सिंहदरबार र बालुवाटारमा अवतरण भए लोकतन्त्र खतरामा पर्ने बताएका छन्। अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैँचामा आयोजित सभालाई सम्बोधन गर्दै उनले नयाँ शक्तिबाट देशलाई कुनै खतरा नभएको स्पष्ट पारे। जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकोप्टरबाट बालुवाटार छाडेको […]