रास्वपाका उपसभापति अर्यालले दिए संसदीय दलको नेताबाट राजीनामा

हिमशिखर सम्वाददाता काठमाण्डौ १६ बैशाख २०८०, शनिबार २१:४७

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्।

सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुन: निर्वाचित भएपछि उनले उपनेता विराजभक्त श्रेष्ठसमक्ष शनिबार राजीनामा पत्र बुझाएका हुन्।

‘आजकै मितिदेखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु। मेरो कार्यकालमा सहकर्मी माननीयहरूले दिनुभएको साथ र सहयोगका लागि म सदैव आभारी रहनेछु,’ राजीनामा पत्रमा लेखिएको छ।

Next Post

वीर अस्पतालको पुरानाे भवन भत्किँदा चार जना घाइते

१६ बैशाख २०८०, शनिबार २१:४७
वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्। लगातारको वर्षाको कारण पुरानो भवनको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनका अनुसार दिउँसो साढे दुई बजे आईसियु – २ तर्फको पर्खालबाट इँटा खसेर कोरिडोरमा हिँड्नेहरुलाई लाग्दाँ ४ जना घाइते भएका हुन्। […]