हिमशिखर संवाददाता ४ भाद्र २०८२, बुधबार १०:४५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहमति भएपछि डिकेशनाथ योगीको शव बुझे

उपचारमा लापरबाही भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेपछि प्रतिष्ठान प्रशासन र आफन्तबीच शनिबार  विस्तृत वार्ता भएको थियो। सोही वार्तामा भएको सहमति अनुसार मंगलबार बिहान शव आफन्तले बुझेर अन्त्येष्टि गरेका हुन्।

<span;>मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिएअनुसार, डिकेशनाथ योगीको मृत्यु सामान्य उपचार प्रक्रियामा देखिएको लापरबाहीकै कारण भएको हो भन्ने आफन्तको विश्वास छ। यही कारण शव बुझ्न अस्वीकार गर्दै आफन्तले प्रतिष्ठान प्रशासनसँग आवश्यक कदम चाल्न माग गरेका थिए। लामो छलफलपछि मृतकका परिवारजन र प्रतिष्ठानबीच केही सहमति बनेपछि अन्तत शव बुझ्ने र अन्त्येष्टि गर्ने निर्णय भएको हो।

<span;>यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष छानबिन समिति गठन गरेको छ। समिति अहिले सक्रिय रहेको छ भने प्रतिष्ठानभित्र देखिएका बेथिति, अनियमितता र व्यवस्थापकीय कमजोरीबारे अध्ययन गरेर आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ।

<span;>स्थानीयवासीले प्रतिष्ठानमा पटक, पटक लापरबाही, सेवामा ढिलासुस्ती र व्यवस्थापनमा कमजोरीको गुनासो गर्दै आएका छन्। यस घटनाले फेरि एकपटक प्रतिष्ठानको सेवा गुणस्तर र उत्तरदायित्वबारे प्रश्न उठाएको छ। आफन्तले मागअनुसार छानबिन निष्पक्ष ढंगले सम्पन्न भई दोषीलाई कारबाही गर्न सकियो भने मात्र यस्ता घटना दोहोरिन नदिने विश्वास लिइएको छ।

Next Post

सम्पादकीय : कर्णाली प्रदेशको स्थापना र संघर्षको स्मरण

४ भाद्र २०८२, बुधबार १०:४५
२०७२ साउन २५ (अगस्ट ९) मा सुर्खेतका यामबहादुर बिसी र टिकाराम गौतम आन्दोलनकै क्रममा ज्यान गुमाए। त्यस्तै गोपालसिंह रजवार पनि त्यही संघर्षमा मारिए। त्यसपछि २०७२ भदौ १ (अगस्ट १७) मा जुम्लाका हरिबहादुर कुँवरले जीवन अर्पण गर्नुपर्‍यो। नेपालको संघीय यात्रामा कर्णाली प्रदेशको स्थापना केवल एउटा राजनीतिक निर्णय होइन, संघर्ष, आँसु र […]