वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।
लगातारको वर्षाको कारण पुरानो भवनको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार दिउँसो साढे दुई बजे आईसियु – २ तर्फको पर्खालबाट इँटा खसेर कोरिडोरमा हिँड्नेहरुलाई लाग्दाँ ४ जना घाइते भएका हुन्।
घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन्। र घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।