जुम्लामा प्रभु बैंकको २१३ औँ शाखा उद्घाटन

पुष्पा बिष्ट १० फाल्गुन २०७७, सोमबार २०:४५

जुम्लामा प्रभु बैंकले २१३ औं शाखा उद्घाटन गरेको छ। आइतबार चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले शाखा उद्घाटन गरेकि हुन।

संघियतापछि जुम्लामा बैंक तथा वित्तिय क्षेत्रहरुको स्थापना उल्लेखीय रुपमा भइरहेको छ, कर्णाली प्रदेश राजधानीपछिको दोस्रो ठुलो शहरका रुपमा रहेको जुम्लामा आर्थिक गतीविधि बढ्दै गएपछि अधिकांश बैकङहरुको रुचिको क्षेत्रमा समेत जुम्ला परेको मेयर कान्तिका सेजुवालले बताइन।

‘कुनै बेला बैंकिङ प्रणाली झन्झटिलो मान्ने दुर्गमका नागरिक अहिले सामान्य कारोबार पनि बैंकबाटै गर्छन्,’ उनले भनिन्, ‘दुर्गम क्षेत्रमा बैकिङ पहुँच ह्वात्तै बढ्नाले यहाँको आर्थिक समृद्धी हेर्न धेरै समय कुर्नु पर्ने छैन।’

बैङ तथा वित्तिय क्षेत्रबाट सरकारले तोके अनुसार कृषि र व्यापारिक कर्जा पाउनु पर्नेमा नपाएको व्यवसायीको गुनासाे रहेकाे अवस्थामा बैंक बढ्ने तर सेवा नबढ्ने प्रबृत्तिको हावी हुनु विडम्बना हुने उनले थपिन्।

जुम्लामा बढ्दै गएको बैंकिङ पहुँचले व्यापारीहरु भने खुसी भएका छन्। विगतमा थोरै बैंकहरुबाट भनेजस्तो ऋण नपाउँदा व्यापारमा समस्या भोगिरहेका व्यापारीहरु संघीयतापछि जुम्लामा बढ्दै गएको बैकिङ पहुँच हेर्दा खुसी भएका छन्।

उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले पछिल्लो समय जुम्लामा नीजि बैंकहरुको उल्लेखीय बृद्धि भएपछि व्यापारी उत्साहित भएको बताए, ‘सरकारी बैंकले व्यापारीहरुको माग अनुसार ऋण दिन सकेका छैनन्,’ उनले भने, ‘निजी बैंकको विस्तार सँगै सहज र सरल रुपमा माग अनुसार ऋण पाउने आश हामी व्यापारीले गरेका छाैं।’

प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सीनाले जुम्लाको आर्थिक समृद्धी र व्यवसायिक उत्थानका लागि बैंकले काम गर्ने बताए।

जुम्लामै पहिलो बैंकका रुपमा १ सय लकर सहितको प्रभु बैँकले आफ्नो सेवा सचालन गरेको जुम्ला शाखाका प्रबन्धक कृष्ण आचार्यले बताए। उनले बैंकले सामाजिक उत्तर दायित्वका क्षेत्रमा पनि खर्च गर्न प्रतिवद्ध रहेकाे थपे।

Next Post

तिला गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई ज्याकेट र पछ्याैरा वितरण

१० फाल्गुन २०७७, सोमबार २०:४५
जुम्ला: तिला गाउँपालिकाले जेष्ठ नागरिकलाई ज्याकेट र पछ्यौरी वितरण गरेकाे छ । गाउपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ज्याकेट र पछ्यौरा वितरण गरेकाे उपाध्यक्ष विष्माया बुढाले जानकारी दिएकीछन । तिला गाउँपालिका १ का ३९ र तिला २ का ५९ कुल ९८ जनालाई ज्याकेट र पछ्यौँरा वितरण गिरएकाेछ l गाउपालिकाका सबै […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।