एमालेकाे ढाेका बन्द भएकाले बाध्य भएर नयाँ पार्टी खाेल्नुपरेकाे हाे : अध्यक्ष नेपाल

हिमशिखर संवाददाता ८ भाद्र २०७८, मंगलवार १८:२८

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन् ।

मंगलबार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफूहरुलाई पार्टीबाट निष्कासन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन्।

आफू लगायतका १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि आफूहरु सँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उनले बताए।

अब केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति बनिसकेपछि, त्यहाँजाने ढोका बन्द भइसकेपछि हाम्रो सामू अरु कुनै विकल्प बाँकी रहेन।
निष्कासित भइसकेपछि हामीले कि त घुँडा टेक्नुपर्थ्यो, कि त हामीले अर्को क्रान्तिकारी पार्टी निर्माण गरेर नेपाली राजनीतिको, कम्युनिष्ट आन्दोलनको इतिहासमा विद्रोहीहरुले नै सफलता हासिल गरेको विगतको इतिहास, दक्षिणपन्थी अवसरवाद पराजित गरिएको त्यो इतिहासलाई हामीले साक्षी राखेर नयाँ कदम चाल्ने काम गरेका छौं।

Next Post

ताम्तिका बाढी पिडितलाई प्रशासनकाे ५ लाख राहत

८ भाद्र २०७८, मंगलवार १८:२८
जुम्लाकाे ताम्तिका बाढी पिडित परिवारलाई जिल्ला प्रशासन कार्यलयकाे विपद् कोषबाट ५ लाख राहत प्रदान गरिएको छ । तातोपानी गाउँपालिका–७ ताम्ती गाउँमा गत साउन २९ गते सेतक चिनी (जडीबुटी) कोरेर पाटनबाट घर फर्किने क्रममा ताम्तीको घट्टेखोलामा बाढीले बगाएर तातोपानी गाउँपालिका–७ ताम्तीका ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका […]